Legal Development in Nepal

नियमावली संशोधन नहुँदा मुद्दा सुनुवाइ अवरुद्ध

कुमार विवेकानन्द मिश्र
काठमाडौँ, माघ १ गते । अन्तरिम संविधानबमोजिम सर्वोच्च अदालत नियमावली संशोधन नहुदा छ सयभन्दा बढी पुनरावलोकनसम्बन्धी मुद्दा सुनुवाइ हुन सकेका छैनन् । अन्तरिम संविधान जारी भएपछि पुनरावलोकनसम्बन्धमा रहेको कानुनी व्यवस्थामा परिवर्तन भए पनि सर्वोच्च अदालत नियमावलीमा अझसम्म संशोधन गरिएको छैन । संशोधन नभएकाले निस्सा पाउने आशामा वर्षौंदेखि अदालत धाउँदै आएका सेवाग्राही मर्कामा परेका छन् ।

सर्वोच्च अदालतका अनुसार, विभिन्न ६२३ वटा पुनरावलोकनसम्बन्धी मुद्दा नियमावली संशोधनकै अभावमा सुनुवाइ गरिएको छैन । यसरी सुनुवाइ नभएका मुद्दामा यसवर्षदर्ता भएकादेखि छ वर्षघिका मुद्दा रहेका छन् । अन्तरिम संविधान-२०६३ को धारा १०७ को उपधारा (४) मा सर्वोच्च अदालतले कानुनद्वारा तोकिएका अवस्था र र्सतमा आफ्ना फैसला वा अन्तिम आदेशको पुनरावलोकन गर्न सक्नेछ । यसरी पुनरावलोकन गर्दा पहिला फैसला गर्दाका न्यायाधीशबाहेक अन्य न्यायाधीशले गर्नेछन् भन्ने व्यवस्था गरेको छ ।

यसअघि पुनरावलोकनसम्बन्धमा पहिला फैसला गरेका न्यायाधीशले नै हर्ेर्ने संवैधानिक व्यवस्था थियो । सोही व्यवस्था सर्वोच्च अदालत नियमावलीमा अझसम्म यथावत् छ । अन्तरिम संविधान जारी भएको एक वर्षबितिसक्दा पनि नियमावलीमा संशोधन गरिएको छैन, एकजना कानुन व्यवसायीले भन्नुभयो । सर्वोच्च अदालत नियमावली संशोधन नहुँदा सेवाग्राही मर्कामा परेका अधिवक्ता सतिशकुमार झाले बताउनुभयो ।

विगत दर्ुइ/तीन वर्षेखि सेवाग्राही अदालत धाउँदै आएका बताउँदै उहाँले यसबाट कार्यान्वयनमा असर नपरे पनि नियमावली संशोधनको आवश्यकता औँल्याउनुभयो । सर्वोच्च अदालतका सहरजिष्ट्रार श्रीकान्त पौडेलले नियमावली संशाधनको प्रक्रियामा रहेको बताउनुभयो ।उहाँले मस्यौदा तयार भइसकेको बताउँदै सर्वोच्चको पर्ूण्ा बैठकले पारित गर्न मात्र बाँकी रहेको जानकारी दिनुभयो । सेवाबाट अवकाश भइसकेका न्यायाधीशले हेरेका ४२ वटा पुनरावलोकनसम्बन्धी मुद्दा गत साउनमा फछ्र्योट भइसकेको उहाँले स्पष्ट गर्नुभयो ।

यो वर्षदर्ता भएका १५० सहित बाँकी ६२३ मुद्दा नियमावली सशोधनको पर्खाइमा रहेको सहरजिष्ट्रार पौडेलले बताउनुभयो । गत ०५६ सालदेखिको पुनरावलोकन हर्ेन बाँकी रहेका बताउँदै उहाँले चाँडै नियमावली संशोधन हुने विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: