सभासद लाई पत्र
This is an article published in friend blog Nepal Diary. You can access the article from here and read more blog from Nepal Diary from here:
मानानीय सभासद महोदयहरु,
आजका मितिले कारीब पचास दिन जती बाँकी छ – नयाँ संबिधान जारी गर्न । सबको चासो छ , पचास दिन मा संबिधान बन्ला कि नबन्ला भनेर । सर्बसाधारण ( म जस्ता ) मा आसा भन्दा धेरै आसंका छ- बाइस महिना मा माखो मार्न नसकेका हाम्रा मानानीयहरुले कसरी नयाँ संबिधान बनाउलान ? कदचित बनाए भने पनि कसरी जनता को संबिधान बनाउलान भन्ने । जनताले चोक चोक मा नारा जुलुश गर्नु परेको छ , धरना दिनु परेको छ, रिले अनसन गर्नु परेको छ ।
आदरणिय प्रधानमन्त्री, मन्त्री , सभामुख, र मानानीय सभासद ज्यु हरु,
तपाईंहरुलाई संबिधान बनाउन , संबिधान सभामा जान भन्दा पनि भाषण गर्न, उध्घाटन गर्न, रिबन काट्न , आइसक्रिम खान र ब्युटि पार्लर जान नै भ्याइ नभ्याइ छ, कती बेला बनाउनु खै हाम्रो संबिधान ?
आफ्ना हकहित का लागि, स्वाष्थ्य्, रोजगारी र सुरक्षा को प्रत्याभुती होला भनेर ज्ञानेन्द्र शाह को कालो दिन बिरुध्द युध्मोर्चा मा लडेका यो देश का नागरिक हरु आज आतंकित छन, ससंकित छन र हतास छन । हिजो टाउकोमा कात्रो बाधेर २०६२/ ०६३ को जन आन्दोलन लड्दा हामीले अब त देशमा प्रजातन्त्र, सुसासन, शान्ती सुरक्षा र स्थाईत्व होला , पटक पटक हामीले प्रजातन्त्र, सुसासन, शान्ती सुरक्षा र स्थाईत्व का लागि लडाइ लड्न नपर्ला , कम्तिमा पनि नागरिक ले रगत बगाउनु नपर्ला भनेरै १९/ १९ दिन “भात न पानी ” भएर लडेका थियौ तर आज आएर तपाईं हरुले नेपाली जनताको त्यत्रो त्याग लाई “बालुवा मा पानी ” सरह बनाइ दिनु भयो – तपाईंहरुलाई अलिकती पानी लाज लाग्दैन । अग्रज सि के लाल को भाषामा ‘के तपाईंहरु छौडा छोडे झै ‘ हुनु भा हो ?
मानानीय ज्युहरु ,
के नेपाली जनता ले तपाईंहरुलाई सधैं भत्ता आइरहोस्, खान पुगिरहोस , तपाईंका आसे पासे , भाई भतिजा लाई मात्र जागिर खुलोस हामी फेरी रैति भएर बस्न तयार छौ भनेर आन्दोलन गरेका हुन ? तपाईंलाई जिताएर संबिधान सभामा पुर्याएका हुन ? तपाईंहरुको अलिकती पनि हामी जनता प्रती उतरदायित्व छैन ?
संबिधान बनाउने डेड लाइन २०६७ जेश्ठ १४ हो , तपाईंहरुले जेष्ठ १४ भित्रै संबिधान बनाउनै पर्छ , नेपाली जनतालाई संबिधान दिनै पर्छ । नत्र नि मानानीयज्युहरु हामीले तपाहरुलाई असक्षम र् अयोग्य घोसित गर्नुपर्ने पनि हुन सक्छ । तपाईंहरुलाई थाहा नभएको त होइन होला तै पनि अबगत गराउन चाहन्छु -दिएको समयमा , तोकिएको मितिमा काम फत्यै गर्न नसक्ने अयोग्य ,अदक्ष , कामचोर हो , समयमा संबिधान लेख्न सक्नु भएन भएन हामीले तपाईंहरुलाई कसरी योग्य र सक्षम मान्ने ? नागरिक अधिकार कर्मी डा मथुरा श्रेस्ठ ले भनेझै जसरी म्याद सकिएको औषधी को कुनै काम हुँदैन , त्यसलाई नस्ट गर्नुपर्छ , २०६७ जेष्ठ १४ पछी तपाईं हरु को पनि म्याद गुज्रन्छ , त्यस पछी पनि तपाईंहरुलाई भत्ता दिएर पान्नु पर्छ भनेर कुन कानुन , निती नियम र बिधान मा लेखेको छ महोदय ?
तपाईं हरुले छातीमा हात राखेर स्वैकार्नै पर्छ – नेपाली जनता लाई न त सरल स्वास्थ्य दिन सक्नु भएको छ न त उचित सैक्षित बातावरण , न त सुरक्षा , न त रोजगारी तै पनि हामी सहेरै बसेका छौ ता की जेश्ठ १४ २०६७ भित्रै हाम्रो गास बास कपास को प्रत्याभुत गरिएको , जनातको संबिधान बन्ने छ र् हाम्रा पनि सुदिन आउने छ्न भनेर – जनताको सहनसिलताको परिक्षा लिने दुस्प्रयास नगरनु होला मानानीय ज्यु हरु । कम्ती मा बाँकी ७० दिन चै सभासमारोह , जात्रा मात्रा मा नगैदिनुहोला , आफ्नो सम्प्रुण ध्यान संबिधन लेखन मा लगाइदिनुहोला ,टाल टुले होइन जनताको संबिधन लेख्न कम्मर कस्नु होला , आफुलाई असक्षम, र अयोग्य घोसित हुन बाट बचाउनुहोला ।
मानानीय सभासद ज्युहरु ,
जसमा देश प्रती माया छैन , जनताप्रती उतरदयित्व बोध छैन , जो आमा र देश लाई माया गर्दैन , जनाताका आसा र विश्वाश ( जनाताको टाउको मा गिर खेल्छ ) मा विश्वाश घात गर्छ , त्यसको आत्मा मरेको हुन्छ , आस्था मरेको हुन्छ, त्यसको इश्वोर मरेको हुन्छ , आत्मा , आस्था र इश्वोर मरेको मान्छे जिउदो लास हो , मानानीय ज्यौ हरु -सुन्दा, भन्दा र पढ्दा नराम्रो लाग्छ तर तपाईं हरु ले जनतालाई जवाफ दिनै पर्छ ‘के तपाईं हरुमा अलिकती पनि आत्मा, आस्था र ईश्वर बाँकी छ ? बाँकी छ् भने कृपया जनताको विश्वाशमा कुठराघात गर्ने कोशीस नगरनु होस , तपाईंहरुको मुख्य काम संबिधान लेखन हो , लेखेर देखौनुहोस । अहिले अन्तिमा धडी मा आएर तपाईंहरु संबिधान समयमा नबन्ने , म्याद थप गर्नु पर्ने तर्क गर्न थालनु भएको छ , तर एक्कैसौ शदी का नेपाल का जनता त्यती अज्ञान र अबुझ छैन – हामी तपाईं सता र भत्ता को लागि मात्र म्याद बढाउने तर्क गर्न थालनु भएको कुरा भुज्न थालएका छौ । तपाईंको म्याद थप्ने प्रस्तव मा नि महोदय तपाईंहरुकै भाषा मा “प्रतिकृयाबादी ” को गन्ध आउन थालेको छ । होसियार रहनुहोस् -हाम्रो फेरी पनि नम्र निबेदन छ -बाकी दिन रात दिन काम गर्नुहोस, जनता सँग गरेको बाचा सम्झनुहोस, र याद राख्नुहोस २०६७ जेष्ठ १४ पछी को एक दिन पनि संबिधान सभाको म्याद थप्न पाइदैन , हामी जनता म्याद थप्ने पक्षमा छैनौ ।
अन्तमा अर्को एउटा सविनय निबेदन गर्न चाहन्छु -म्याद थपेर, भात्ता पचाएर , जनता अल्मल्याएर शासन गर्ने , पदमा बस्ने , सभासद को कुर्सी जोगाउने सपना देख्नु भएको छ भने -ससदमै कालो बोको काटेर भाकाल हाल्नुहोस , भैंसी पूजा गर्नुहोस , पाइलाटबाबा बोलाउनुहोस,कालिबाबा, राम् देव वा अर्कै लोक को कुनै देब नै वा पशुपतीनाथै पुकर्नुहोस ईतिहास साक्षी छ – २४० बर्से राजाशाही त ठुलोपिथो भो , तपाईं २२/ २५ महिने को केही जोर चल्ला जस्तो यो बाबुरो लाई लागेको छैन ।
हवस्त , संबिधन बनाउनु भो भने जेशठ १४ मा रत्नपार्कमा भेटौँला ,सिन्दुर जात्रा गरौला नत्र त उही हो चुनाब त फेरी फेरी आउँला नि , नमस्कार



आपकी कविताएं काफी अच्छी हैं। आप कहां से हैं, अगर नेपाल से हैं और कवि हैं तो मैं इन दिनों नेपाली कविताओं का हिंदी अनुवाद कर रहा हूं। आप अगर भारत से हैं और नेपाली कवि हैं तो भी मैं आपकी कविताएं हिंदी में अनुवाद कर सकता हूं।
जवाब का इंतजार रहेगा
सादर
अर्जुन निराला, नई दिल्ली
barulale maha pardainan mitra. 601 r wasp not honey bee so not to hope of honey. these 601 r only rice killer. w need fresh new election to kick out them n have a fresh start. Lets think beyond party. COUNTRY first!!!!!!!!!!!!!!!!!!!!